Pages

Home » » हिस्स वैद्य हरिया दाँत !

हिस्स वैद्य हरिया दाँत !

लोककथाहरूमा मात्र होइन, राजनीतिक चालबाजीमा पनि कहिलेकाहीँ स्वयं सिकारी नै सिकार हुँदो रहेछ। एकीकृत नेकपा माओवादीको असन्तुष्ट समूह मोहन वैद्य 'किरण' पक्षधरलाई ठीक त्यस्तै भएको छ।

भएछ के भने, आफ्नै पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका बाबुराम भट्टराईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने भन्दै वैद्यसहितका केही नेता अघिल्लो साता अर्को पार्टी नेकपा एमालेका नेता केपी शर्मा ओलीको निवासमै पुगेछन्। ओली निवास बालकोट पुगेको वैद्य डफ्फालाई ओलीले
सक्ने भए हस्ताक्षर संकलन गरेर ल्याउन भनेछन्। यसको जवाफमा वैद्य समूहले आवश्यक परे त्यो पनि गर्न सकिने जवाफ दिएछन्।

वैद्य पक्षले आफ्नै निवासमै आएर 'गि्रन सिग्नल' दिएपछि ओली पनि के कम ! उनी प्रधानमन्त्री भट्टराईविरुद्ध अविश्वास प्रस्तावको सल्लाह गर्न कांग्रेस नेताहरूकहाँ गए। चार दलको शीर्ष बैठकमा समेत उपस्थित भएर संविधान जारी गर्नुअघि नै सहमतीय सरकार बनाउनुपर्ने र त्यसका लागि भट्टराईले राजीनामा दिनुपर्ने माग गरे। यही मागका कारण तीन ठूला दलबीच जारी छलफलको एक दिन त्यत्तिकै खेर गयो।

२० वैशाखको दिनभर पनि वैद्य पक्षधर नेताहरू मत्छेगाँउस्थित कांग्रेस नेता दीपकुमार उपाध्यायको घरमा बैठकमा सहभागी थिए। कारण उही थियो, भट्टराईविरुद्धको अविश्वास प्रस्तावमा कांग्रेसलाई मनाउनु। तर, बेलुकीसम्म आइपुग्दा उल्टो भइदियो। वैद्यको दौडधूप र याचनाविपरीत दलहरू भट्टराईविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुका साटो भट्टराईकै सरकारमा सहभागी हुने निर्णयमा सहमत हुन पुगे। कांग्रेस, एमालेको यस्तो निर्णयपछि वैद्य पक्ष राजनीतिक अक्करको चर्को चेपुवामा त पर्‍यो नै, अझ ओली त पछिल्लो राजनीतिक परदिृश्यमा भट्टराईको नयाँ सरकारमा एमाले सहभागी हुनुपर्ने भन्ने मत पो राख्न थाले। भए न त, हिस्स वैद्य हरिया दाँत !

- माधव बस्नेत

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger