Pages

Home » » देशले दिएन नभन, हात बढाऊ तिमीले -गीति कविता

देशले दिएन नभन, हात बढाऊ तिमीले -गीति कविता

-सुरज गिरी

देशले दिएन नभन,
हात बढाऊ तिमीले ।
देशले हेरेन नभन,
दृष्टि लगाऊ तिमीले ।।
सुन्दर फूल फुल्ने छ,
शान्ति ल्याऊ तिमीले ।
माटो हुन् हाम्री जननी,
नङ्ग्रा खियाऊ तिमीले ।।
देशले दिएन नभन ।।

राष्ट्र हाम्रो धरोहर,
शान्तिगान गाऊ तिमीले ।
सगरमाथा चुलीमा,
झण्डा फहराऊ तिमीले ।।
देशले दिएन नभन ।।
नेपाल हाम्रो जन्मभूमि,
हाँसेर बाँचौ सब मिली ।
अन्याय यहाँ कसले गर्यो,
जनता जाग तिमी ।।
देशले दिएन नभन ।।
जाति र पाती छैन यहाँ,
दुई जात ईशको सृष्टिमा ।
भातृत्व, मातृत्व, संगति
नेपालीपन तिमीमा ।।
देशले दिएन नभन ।।

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger