Pages

Home » , » तिम्रो चोखो माया पाउने चाहा थियो मलाई

तिम्रो चोखो माया पाउने चाहा थियो मलाई

सम्झना अर्याल "दर्पण"
नलाङ ७ बैरेनी , धादिङ
darpansamjhana@gmail.com



तिम्रो चोखो माया पाउने चाहा थियो मलाई
लोभी आँखा त्यो ओठको डाहा थियो मलाई ।

तिम्लाई पाउन देवी देउता देउरालीलाइ भाके
तिमी मेरै हुन्छौ भन्ने थाहा थियो मलाई ।

प्यारो लाग्ने न्यानो न्यानो अंगालोको माया
सितल लाग्ने तिम्रो छाया जहाँ थियो मलाई ।

मेरो ओठको मुस्कान तिमी सारा जीवन तिमी
तिमी हुँदा मनमा पिर कहाँ थियो मलाई ।

बेरिएर अंगालोमा आँखा भित्र बस्दा
रमणिय स्वर्गिय ठाउँ त्यहाँ थियो मलाई ।।

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger