Pages

Home » » *** आनन्द भो ***

*** आनन्द भो ***

रत्न शमशेर थापा 'निर्दोषी'
गजुल - 5, रोल्पा हाल - दोहा, कतार
आखाँबाट आशुँभेल, झरेपछि आनन्द भो
मन भित्र पिडाहरु, भरेपछि आनन्द भो ।।

आफ्ना भन्ने आफन्तले मुटु भित्र छुरा हान्दै,
गाउँबाट तिरस्कार, गरेपछि आनन्द भो ।।

दिन दिनै समाजमा पिल्सीएर बस्नु भन्दा,
बिदा माग्दै पल्लो गाउँ, सरेपछि आनन्द भो ।।

बैमानीको संज्ञा दिदा झमेलामा पर्न छोडी,
बेहोसिमै खोलिहरु, तरेपछि आनन्द भो ।।

दैवले नै जिन्दगीका मोडहरु छेकी दिदा,
जसो तसो बल्ल आज, मरेपछि आनन्द भो ।।
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger