Pages

Home » » कुल्चीएर, गयौ तर , तिम्रो ठूलो, भूल थियो

कुल्चीएर, गयौ तर , तिम्रो ठूलो, भूल थियो

Photo: कुल्चीएर, गयौ तर , तिम्रो ठूलो, भूल थियो
पन्छायौ ,काँडा ठानी,आखिर त्यो त, फूल थियो

प्यासी तिमी, तिर्खा मेट्न ,पँधेरी धेरै धायौ
देखीनौ ,तिम्रै सामु ,पानीको ,मूल थियो

मूर्ख बनि, छाल मार्यौ, उर्लिएको ,भेल भित्र
हेरिनौ ,त्यही माथि, पारि तर्ने ,पुल थियो

मलाई ,एक्लो बनाएर, आँखा छली अन्तै गयौ
जहाँ पुग्यौ ,रस चुस्ने ,भमराको, हूल थियो

कुल्चीएर ,गयौ तर , तिम्रो ठूलो, भूल थियो
पन्छायौ काँडा ठानी,आखिर त्यो त ,फूल थियो

By~Bimal Raj

Bimal Raj (पवित्रप्रेमी)

Share this article :

No comments:

Post a Comment

Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger