Pages

Home » » कलमको महत्व त्यो तरवारलाई के था

कलमको महत्व त्यो तरवारलाई के था


meyongbakiran's pictureकलमको महत्व त्यो तरवारलाई के था
महानता कस्तो हुन्छ अहङ्कारलाई के था

धरतिको छाती चिरी बेग सुसाउदै बग्दा
चहरायो घाऊ कती त्यो जंघारलाई के था

पत्झरमा पात खस्दा पिडा कस्तो हुन्छ
हर्शित् भई मुस्कुराउने त्यो बहारलाई के था


धैर्यतामा सफलता लुकेको हुन्छ भन्ने
आलोतातै बिचारको त्यो अल्लारलाई के था

सहयोगी निस्वार्थ मन् गाउले को हुन्छ
आजकाल्का आधुनिक त्यो बजारलाई के था

किरण कौशल मेयोङ्बा(मोती)
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger