Pages

Home » » Nepali Geet- गीत (आँसुनै आँसु पाँए----)

Nepali Geet- गीत (आँसुनै आँसु पाँए----)


आँसुनै- आँसु पाँए खुसि बटुल्न खोज्दा।
धोकानै -धोका पाँए विश्वास गर्न खोज्दा ।

... बैसको खेल रहेछ, बहार जस्तो प्रेम;
देहको भोक रहेछ, आहार जस्तो प्रेम;
औसिको रात्रि पाँए दिवस उज्यालो खोज्दा,
धोकानै- धोका पाँए विश्वास गर्न खोज्दा।

सपना क्षणिक रहेछ एक फूल फुलि झरेझै,
बिपना तर असह्य मनभित्र के जलेझै;
काँडा समातिएछ फुलेको फूल खोज्दा,
धोकानै ‍-धोका पाँए विश्वास गर्न खोज्दा।

भन्थे म स्वच्छ मिठो अमृत जस्तो प्रेम,
तर स्वार्थमा अडेको रहेछ सस्तो प्रेम;
विषपान पो गरेछु अमृत चाख् न खोज्दा,
धोकानै- धोका पाँए विश्वास गर्न खोज्दा।

Yagya Prasad Giri
२०३६ साल फागुन १६ गते
रामपुर, चितवन
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger