Pages

Home » » Nepali kabita-''प्रेम दिबस '' By-(गनिन्द्र बिबस)

Nepali kabita-''प्रेम दिबस '' By-(गनिन्द्र बिबस)

(गनिन्द्र बिबस)
अनायासै ....,
नयनको पर्दामा
फुंगसेमी उत्रिंदा
मन सिला बग्रेल्तिए
क्यानभासमा भाइरस छिरे जस्तै
फेरी ....,
दिल हयांग भए पछी

अतितले बर्तमानलाई
पालना थाले पछी
सम्झे .....
ए...! आज प्रेम दिबस
प्रेमको कठघरामा उभेर
न हास्न सके
न रुन सके
मनले मनलाई
प्रतीरोधमा उतारे
अह ...कसरि सकु
जुन तारा नझरे सम्म
बर पिपल नढले सम्म
साछी आफै बोल्ने छ
पोल आफै खोल्ने छ
फुंगसेमिको त्यो ;
दिलको मेमरी बाट ..
म डिलिट भए पनि
मैले डिलिट गर्न नसकेको फुंगसेमी
कनेक्सन बिहिन म...!
स्वर्गीय प्रेमको स्मृतिमा
श्रदाको दुइ थोपा आसु झार्दै
स्वर्गीय हाम्रो प्रेमको स्मृति
एक्लै ...एक्लै मनाउदै छु
आज फेरी प्रेम दिबस !!




फाक्चामारा ४, तेह्रथुम
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger