Pages

Home » » Nepali kabita - डालीमा बसेर डाली काट्छौ मुर्खहरु

Nepali kabita - डालीमा बसेर डाली काट्छौ मुर्खहरु

डालीमा बसेर डाली काट्छौ मुर्खहरु!
भाग्य हात्मा छ झोली थाप्छौ मुर्खहरु!

ढुंगाको भर पर्न छोडे हुन्छ तिम्ले नी!
खै परिश्रम गरे पो त फाफ्छौ मुर्खहरु!
वीरका सपूत हौ भन्नै लाज मर्दो भो!
वीरता देखाऊ कता भाग्छौ मुर्खहरु!

नेताले देश स्वाहा बानायो हाम्रो त्यो!
विदेशि तलुवा किन चाट्छौ मुर्खहरु!
'मानव'बन समाजमा इज्जेत हुने छ!
अमानवीय ब्याहोरा राख्छौ मुर्खहरु!

कृष्ण मानव खड्का 
सानोश्री बजार बर्दिया 
सोचे जस्तो आफ्नो पूरा कुनै भएन त!
तर सबै आसै मारी पनी रुनै भएन त!

वैगुनीनै रैछ उ गुन लगाएँ मैले कति!
खेरै गए उस्लाई त गुन गुनै भएन त!

प्रेमगर्छु भन्थ्यौ खै बाचा कसम तिम्रा?
त्यसरीत आँखैबाट आँसु चुनै भएन त!

दारा भए देखाउने देशभक्तका पनीखै!
ज्यानै दिन्छु भन्थे आज खुनै भएन त?

सुन तिम्रो दुंगै जस्तो बरु देऊ कानून!
महँगीले गरिबलाई खाने नुनै भएन त!

मानवता बोकी आऊ अनी सिकाऊनु!
'मानव'बन दानव जस्तो हुनै भएन त!

कृष्ण मानव खड्का 
सानोश्री बजार बर्दिया 

अवश्य हेरौं सत्यको त्यहाँ बिजय हुनेछ!
असत्य माथी भयंकर् ठुलो प्रलय हुनेछ!

नेपाली पर्ख नमान हार जन्मेला कहिँत!
भविष्य ल्याई सुन्दर कोही उदय हुनेछ!

गजल मेरो पढेर बुझ्नु मानव र मानवता!
समेटिएको त्यहाँ नै मूल आशय हुनेछ!

होईन कुनै देउता दूत मनुष्य जगत् मा!
निमुखा तिम्रा जुवानी मेरो विषय हुनेछ!

मानव'बन्छ भावना स्वच्छ राखेर सधैनै!
इज्जेत,मान,सम्मान तिम्रो विनय हुनेछ!
             कृष्ण मानव खड्का 
            सानोश्री बजार बर्दिया
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger