Pages

Home » » क्या मिठो गीत लेख्यौ, छन्द गज्जबको

क्या मिठो गीत लेख्यौ, छन्द गज्जबको

वा!!! क्या मिठो गीत लेख्यौ, छन्द गज्जबको ।
 लाली ओठको मिठो मुस्कान,मन्द गज्जबको ।

 नबोलेरै गाँसियौं दुई मुटु बिच हामी
 मनले नै चिन्दा र'छन्, संबन्ध गज्जबको ।

 टुनामुना गर्यौ या अधर मै छ बिष ?
 लौन मनमा चल्न थाल्यो द्वन्द गज्जबको ।

 न उम्किनु न फुत्किनु दलदल मा पो फसेछु , 
तिम्रै लागी बांच्न पार्यौ, परिबन्द गज्जबको ।

 दुबै आँखा नभएनी चिन्छु तिमीलाई
 सुँगेर नै माया चिन्ने गन्द गज्जवको । 

 २६-०८-२०१३ बाबु प्रदीप
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger