Pages

Home » » जसोतसो ढिंडो पाकेको छ

जसोतसो ढिंडो पाकेको छ


खियाउँदैछु हाड छाला , टोलाउँछन्, आँखाहरु
 भोकै छन्, यि लालाबाला, टोलाउँछन्, आँखाहरु

जसोतसो ढिंडो पाकेको छ आज घरमा
कति(न्)जेल हो एस्तो चाला ,टोलाउँछन्, आँखाहरु

कसैको आङमा एक सरो टालो छैन्,
 कोहिका चाँही पैसा माला टोलाउँछन्, आँखाहरु

कोही प्रदेशिए त कोही शहर पस्या छन्,
गाँउघरमा भोटेताला, टोलाउँछन्, आँखाहरु

बिकाश र रोजगार आफ्नै देशमा भए सरकार !!
 को आफ्नो घर छाडी जाला, टोलाउँछन्, आँखाहरु
१८-०८-२०१३

-प्रदीप तिमल्सिन
नलाङ , धादिङ 
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger