Pages

Home » » इन्डानेसियामा सर्पद्वारा मसाज गराउने प्रचलन सुरु

इन्डानेसियामा सर्पद्वारा मसाज गराउने प्रचलन सुरु

मानिस तनाव रहनु वा लिनु स्वास्थ्यका लागि फाइदाजनक छैन। यसका लागि मानिसहरू योग एवं मसाजको सहायता लिने गर्दछन्। तनावबाट टाढा रहन मानिसहरू मसाज एवं योग गर्नका लागि पार्लर जाने गर्दछन्। मसाज सेन्टरहरूमा धाउने अहिले प्रचलन नै बनेको छ। तर, इन्डोनेसियामा भने यस प्रचलनले अर्काे नौलो किसिमको रुप लिएको छ। त्यो हो, सर्पद्वारा मसाज। इन्डानेसियामा सर्पद्वारा मसाज गराउने प्रचलन सुरु हुन थालेको छ। यस किसिमको मसाज कार्यमा सर्वप्रथम विभिन्न किमिसका सर्पहरूलाई शरीरमाथि छाडिन्छ। यी सर्पहरू शरीरमा यताउता हिँडने गर्दछन्। जसले शरीरको पीडा तथा तनावलाई मुक्त गराउन मद्दत मिल्दछ। यस्तो मसाजबाट मानिसको तनाव तुरुन्तै कम हुने वा हराउने प्रयोगकर्ताहरू दावी गर्दछन्। मसाज सेन्टर सञ्चालक सर्पको मसाजबाट मानिसमा चिडचिडापन तथा तनाव टाढा भाग्ने दावी पनि गर्दछन्। इन्डोनेसियामा यस किसिमको प्रचलन एक बर्ष अगाडि मात्र सुरु भएको हो। तर, यो अहिले आएर एकदमै प्रचलित हुन थालेको छ। 
source: http://www.weeklynepal.com/
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger