Pages

Home » » टिप्स स्वरुप १७ हजार ५ सय यूएस डलर पाएपछी मक्ख

टिप्स स्वरुप १७ हजार ५ सय यूएस डलर पाएपछी मक्ख

कहिलेकहीँ त यस्ता दानी, मनकारी मानिसहरू पनि भेटिन सक्छन्, जसका कारण सर्वसाधारण, निर्धन मानिसको जिन्दगीमा ठूलैै परिवर्तन आउन सक्छ । यस्तै भएको छ एक रेस्टुरेन्टमा काम गर्ने महिलाको हकमा। अमेरिकाको अरिजन राज्यमा अवस्थित एक रेस्टुरेन्टमा काम गर्ने महिला अरोरा केपहर्टले टिप्स स्वरुप १७ हजार ५ सय यूएस डलर प्राप्त गरेकी छिन्। वास्तवमा एक दिन सँधैझै काममा व्यस्त भइरहेका बेला एक ग्राहक रेस्टुरेन्टमा आए। उनले महिलाको कामप्रति सम्मान गर्दै टिप्स स्वरुप एक उपहार योजनाको टिकट दिए।
 
टिप्समा रकम नदिएपछि केपहर्ट केही निराश त भईन, तर पछि त्यही टिकटको नतिजा आएपछि उनी यति खुसी भइन् कि बताएर साध्य नै छैन। कारण ती ग्राहबाट पाएको उपहार टिकटबाट उनले १७ हजार ५ सय डलर प्राप्त गर्न पुगिन। उनले त्यो उपहार टिकट दिने ती व्यक्तिलाई धेरै धन्यवाद दिन चाहेको जानकारी दिएकी छिन्।

source : weeklynepal.com

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger