Pages

Home » , » गायक, गितकार र संगितकारको रुपमा नव-स्थापित सन्तोष अधिकारीको मज्जा छुट्टै विमोचित (फोटो फिचर सहित)

गायक, गितकार र संगितकारको रुपमा नव-स्थापित सन्तोष अधिकारीको मज्जा छुट्टै विमोचित (फोटो फिचर सहित)

chukuprakash ||
काठमाडौं, १ पुस । 
नेपाली साङ्गितिक क्षेत्रमा आफुलाई गायक, गितकार र संगितकारको रुपमा स्थापित गराउन नव कलाकार सन्तोष अधिकारीले पहिलो गजल गीतहरुको एल्वम बजारमा ल्याएका छन् । सोमवार राजधानिमा एक कार्यक्रमको आयोजना गरि एल्वमको विमोचन गरिएको थियो । एल्वमको विमोचन कार्यक्रमका प्रमुख अतिथी तथा संगित संघकी अध्यक्ष तारा थापा, वरिष्ठ संगितकार तथा रोयल्टि समाजका अध्यक्ष सुरेश अधिकारी, चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शान्ति प्रिय, संगितकार सन्तोष श्रेष्ठ, कार्यक्रमका आयोजक अध्यक्ष सुमन बैरागी, संगितकार बिबी अनुरागी लगायतले विमोचन गरेका थिए ।
कार्यक्रममा बोल्दै वरिष्ठ संगितकार सुरेश अधिकारीले बधाई दिदै साङ्गितिक क्षेत्रमा स्वागत रहेको बताए । आफुले व्याक्तिगत रुपमा गर्न सक्ने र रोयल्टि समाजबाट गर्न सक्ने सहयोगहरु आफुले गर्नेपनि संगितकार अधिकारीले बताए । त्यस्तै कार्यक्रममा संगितकार सन्तोष श्रेष्ठले एल्वममा समावेश गीतहरु फरक किसीमका भएकाले एल्वमका गीत र श्रष्ठा दुबै माथि उठ्ने विश्लेशण गरे । कुनै गायक, संगितकार तथा गितकारको सिको गर्‍यो भने कुनैपनि कलाकार माथि उठ्न नसक्नेपनि संगितकार श्रेष्ठले बताए । त्यस्तै कार्यक्रममा अन्य कलाकारहरुलेपनि गायक, संगितकार तथा गितकार अधिकारीलाई शुभकामना व्याक्त गरेका थिए । 

६ गीत समावेश एल्वममा गायक अधिकारीकै स्वर र शब्द रहेको छ । एल्वममा ‘मज्जा छुट्टै, यति चोखो माया, आँखाले आँखालाई, कति माया, नबोलेरै मलाई नजर र सम्झना त जान्न रैछ’ बोलका गितहरु समावेश गरीएको छ । एल्वममा समावेश गितहरुलाई स्वयम गायकसंगै बीबी अनुरागी र सन्तोष श्रेष्ठको संगित रहेको छ ।

एल्बममा समाबेस भिडियो "मज्जा छुट्टै " हेर्नुहोस | 


_______________________________________________________________________
प्रतिक्रिया लेख्न नभुल्नुहोला ,


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger