Pages

Home » » नेपाली गजल : लुट्दैछन् देश

नेपाली गजल : लुट्दैछन् देश



बन्दुक संगै जन्तालाई सधैँ त्राश देखाएर
लुट्दैछन् देश सहिदका तिनै लाश देखाएर||

चुनाब जितें भन्छन् हाम्रा बहादुर नेताहरु
फेरी जन्ता फकाएर जनमास देखाएर ||

बिचारा ति ठुलेलाई माटोले नै पुरें भन्छ
तिमि पुग्छौ माथी भनि त्यै आकाश देखाएर ||

त्यो दलाली पनि आज करोडपति भयो अरे
देशका सबै युवालाई नै प्रबाश देखाएर ||

जसले पनि जन्ता ठगि सम्पत्ति नै जम्मा गर्ने
भन्ने गर्छन् सर्बहारा सधैँ आश देखाएर ||

© रबिन शर्मा चापागाईं
जहदा -नवलपरासी 



Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger