Pages

Home » » नेपाली गज़ल : तिम्लाई भेट्न तिम्रै शहर आउदै छु म काली

नेपाली गज़ल : तिम्लाई भेट्न तिम्रै शहर आउदै छु म काली

******** गजल *********** 
तिम्लाई भेट्न तिम्रै शहर आउदै छु म काली 
तिम्रो प्यारो गीतको भाका गाउदै छु म काली 

तिम्ले दे’को चिनो मैले माया गरि राखेको थें
भेट्न आउदा त्यही चिनो लाउदै छु म काली

प्रतिक्षाको फल सधै मिठो हुन्छ भन्थे अरु
तेस्तै फलको स्वाद आज पाउदै छु म काली

नमुना हो भन्छन् सबै हाम्रो जोडी देखे पछी
माया गर्न अरुलाई सि- काउदै छु म काली

आकासको तारा जस्तै चम्क भन्थ्यौ मलाई
असल भन्छन् गाउँ सहर छाउदै छु म काली

ब्याबहारिक बन्नेछु म राम्रो काम गरि गरि
तेसैले त आफैलाई नै दाउदै छु म काली

तिम्लाई भेट्न तिम्रै शहर आउदै छु म काली
तिम्रो प्यारो गीतको भाका गाउदै छु म काली 




Pa Chuks
~प्रकाश अर्याल "चुकुप्रकाश "

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger