Pages

Home » » नेपाली गजल : ताजमहल स्मरण "गजल"

नेपाली गजल : ताजमहल स्मरण "गजल"

Photo: ***ताजमहल स्मरण "गजल" ***
ताजमहलको सुन्दरतामा भुल्न मन लाग्यो 
ताजबाग भित्रै मग्मगाउदै फुल्न मन लाग्यो 

शाहजहाँ जस्तै प्रेमी हुनु पर्छ जगत भरि 
समर्पण अनि भावनामा खुल्न मन लाग्यो

आश्चर्यको बनौट छ है , छैन यकिन तथ्य 
रमणीय त्यो स्थान आज डुल्न मन लाग्यो

मुमताजको समाधि रुपी ताजमहल बन्यो
श्रद्धा तथा समबेदनामा झुल्न मन लाग्यो 

बिस हजार कालिगडको बाइस बर्षे कला 
कलात्मक तराजुमा माया तुल्न मन लाग्यो 
२०१४ -०२-१७  ,
प्रकाश “चुकुप्रकाश”
# ताजमहल को भ्रमण(२/१६ -२/१७) पश्चात ..***ताजमहल स्मरण "गजल" ***
ताजमहलको सुन्दरतामा भुल्न मन लाग्यो 
ताजबाग भित्रै मग्मगाउदै फुल्न मन लाग्यो 

शाहजहाँ जस्तै प्रेमी हुनु पर्छ जगत भरि 
समर्पण अनि भावनामा खुल्न मन लाग्यो

आश्चर्यको बनौट छ है , छैन यकिन तथ्य
रमणीय त्यो स्थान आज डुल्न मन लाग्यो

मुमताजको समाधि रुपी ताजमहल बन्यो
श्रद्धा तथा समबेदनामा झुल्न मन लाग्यो

बिस हजार कालिगडको बाइस बर्षे कला
कलात्मक तराजुमा माया तुल्न मन लाग्यो 


२०१४ -०२-१७ ,
प्रकाश “चुकुप्रकाश”
# ताजमहल को भ्रमण(२/१६ -२/१७) पश्चात ..



Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger