Pages

Home » , » नेपाली गजलका नियम तथा छन्दहरु - हिमालको आधारमा छन्दको नामाकरण

नेपाली गजलका नियम तथा छन्दहरु - हिमालको आधारमा छन्दको नामाकरण

गजलका दुई वटा महत्वपूर्ण तत्वहरु भाव र लय हुन् । बिशेष गरि लयका गजलहरु सांगीतिक रुपमा निकाल्ने उद्देश्यले वा सभाहरुमा लेखकले नै बिना संगीत गएर (तरन्नुम) प्रस्तुत गर्ने उद्देश्यले लेखिएको हुन्छ । तर आधुनिक समयमा नेपाली तथा अन्य भाषामा गजलहरु  छन्दमा र छन्द बिहिन दुबै रुपमा लेखिंदै आएको छ ।

नेपाली गजलमा बिभिन्न नियमहरुलाई बिभिन्न नामहरुमा छन्दको रुप दिइएको छ । यी नामहरु प्राय हिमालको आधारमा राखिएका छन् । 

१. काङ्फुगातो छन्द 
अक्षर : १४ (३-४-३-४)
(७ अक्षरमा विश्राम, ३ र १० मा अर्धविश्राम )

उदाहरण: 
तास झैं प्रेयसीको भाउमै भाउ लाग्यो
खालमा धाँधली भो दाउमै दाउ लाग्यो
शीरमा राख्छु भन्दै हातमा जून थापें 
धर्तिमा पाइला थे पाउमै पाउ लाग्यो
शब्द: पोष्टराज चापागाईं 


२. चाङ्ला छन्द
अक्षर : १६
(४, ८ र १२ अक्षरमा विश्राम)

उदाहरण : 
अकासकी जून रैछ्यौ जुनू भन्दा कसो होला
निधारमा जून थापी बुनू भन्दा कसो होला
शब्द: पोष्टराज चापागाईं 

३. डाँफे छन्द
अक्षर : ८
(४ अक्षरमा विश्राम)

उदाहरण : 
ढलमा छू तान् न साथी
अब रक्सी खान्न साथी
सिउने काँ टाल्ने केले ?
मुटु फाट्यो ठान् न साथी
शब्द: पोष्टराज चापागाईं 

४. फुकाङ छन्द
अक्षर : १६
(४ र ९ अक्षरमा विश्राम)

उदाहरण :
कहाँ थिए, र कठीनका, ती आग्रहका कुरा
बुझें बुझें, सजिलै बुझें, ! पूर्वाग्रहका कुरा
अमूक थे, र अमूर्त थे, टेढा मत लेखका
पढें गुनें, अनि पो बुझें, ! दूराग्रहका कुरा
शब्द: पोष्टराज चापागाईं 

५. पुत्रुङ छन्द 
अक्षर : १५
( ८ अक्षरमा विश्राम )

उदाहरण: 
पलभर प्रिय छामें दिल टाँसेर फोटो
अनि मुसुमुसु हाँसें दिल टाँसेर फोटो
पुलकित यति पारी मयुरीले नसोध
छमछम र त नाचें दिल टाँसेर फोटो
शब्द: पोष्टराज चापागाईं 

६. भृकुटी छन्द 
अक्षर : १४
(७ अक्षरमा विश्राम)

७. छुकुङरी छन्द 
अक्षर : १३
(४ र ८ अक्षरमा विश्राम)

८. क्याबुरा छन्द 
अक्षर : १२
(३, ७ र १० अक्षरमा विश्राम)

९. निरेखा छन्द 
अक्षर : १४
(४ र ८ अक्षरमा विश्राम)

१०. गौगिरी छन्द 
अक्षर : १२
(३ र ६ अक्षरमा बिश्राम)

११पुत्खाङ छन्द
अक्षर : १०
(५ अक्षरमा विश्राम)
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger