Pages

Home » , » नेपाली गजलको केहि लोक छन्द तथा लय यसहरु

नेपाली गजलको केहि लोक छन्द तथा लय यसहरु

जलका दुई वटा महत्वपूर्ण तत्वहरु भाव र लय हुन् । बिशेष गरि लयका गजलहरु सांगीतिक रुपमा निकाल्ने उद्देश्यले वा सभाहरुमा लेखकले नै बिना संगीत गएर (तरन्नुम) प्रस्तुत गर्ने उद्देश्यले लेखिएको हुन्छ । तर आधुनिक समयमा नेपाली तथा अन्य भाषामा गजलहरु  छन्दमा र छन्द बिहिन दुबै रुपमा लेखिंदै आएको छ ।

यदि गजलका सबै हरफहरु एउटै अक्षर संख्या वा मात्रामा वा बिश्राम मिलाएर लेखिएको छ भने त्यो नियमलाई छन्द भनिन्छ । संस्कृत वा नेपाली कविता / साहित्यमा पहिले देखि नै प्रयोग हुँदै आएका छन्दमा गजल लेख्न सकिन्छ । 

त्यस्तै गरि उर्दु वा अन्य भाषाहरुमा केहि निश्चित छन्द नियममा गजल लेखिन्छ । ति नियमहरुलाई बहर भनिन्छ । उर्दु भाषामा प्रचलित बहरहरुमा पनि नेपाली गजल लेख्ने गरिएको छ । नेपालीमा भाषामा बहर र छन्द शब्दलाई समानान्तर रुपमा प्रयोग गर्न सकिन्छ । 

आधुनिक नेपाली गजलमा शास्त्रीय छन्द वा बहरको अतिरिक्त नेपाली लोक लयमा पनि गजल लेख्ने गरिएको छ । 

केहि नेपाली लोक छन्द हरु यस प्रकार छन :

१. झ्याउरे छन्द
महाकबि लक्ष्मी प्रसाद देवकोटाले अमर कृति मुना मदनमा प्रयोग गर्नु भएको झ्याउरे छन्दलाई नेपाली गजलमा प्रयोग गर्न सकिन्छ । 

अक्षर : १६ (५-५-६)
(५ र १० अक्षरमा बिश्राम)

उदाहारण १ : 
क्षेत्रीको छोरो, यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठुलो, दिलले हुन्छ, जातले हुँदैन

उदाहरण २ :
हिमाली हावा बग्दै छ किन नौलो त्यो मातमा
किन हो कुन्नी रुँदै छ कोहि जुनेली रातमा
शब्द : लालीजन  रावल

२. सवाई
अक्षर : १६ (४-४-४-२)
(४, ८ र १२ अक्षरमा बिश्राम)

उदाहारण :
तिमीलाई जिताउन हार्न मन लाग्यो
आफुलाई अन्त कतै सार्न मन लाग्यो
- मनु ब्राजाकी 

३. स्वर्निर्मित लय 
गजललाई आफ्नै नियममा छन्दो बद्ध गर्न पनि सकिन्छ । यसरि छन्द निर्माण गर्दा कि त मात्रा की त अक्षरको आधारमा गरिन्छ । मात्राको आधारमा गर्दा बढी गेयात्मक हुने र गजल लेख्न पनि सजिलो हुने मानिन्छ । 


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger