Pages

Home » » नेपाली गजल : बद्लिएछ जीवन कतै

नेपाली गजल : बद्लिएछ जीवन कतै

Anuragi Binod Gaire's photo.परिस्थिती उल्टो भयो बद्लिएछ जीवन कतै॥
बिडम्बना काँडा भित्रै अल्झिएछ जीवन कतै॥
चोट अनि पिडाले मन धुजैधुजा भएको छ।
कसोगरि सिलाउँ अब च्यातिएछ जीवन कतै॥
कहाँ जाउँ कता पुगौँ गन्तव्यको ठेगान छैन।
धागोबाट चङ्गा जस्तै चुँडिएछ जीवन कतै॥
नत सक्छु जीउन हाँसि नत सक्छु मर्न यसै।
आगोबिनै चिता माथि सल्किएछ जीवन कतै॥
दुःख सुख गर्दागर्दै ढल्दो रहेछ जीवन लिला।
सायद अब हाँस्दै बाँच्न बिर्सिएछ जीवन कतै॥

अनुरागी बिनोद
हाल परदेशबाट
फेसबुक .....

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger