Pages

Home » » नेपाली गजल : संका लाग्छ बुढी किन..

नेपाली गजल : संका लाग्छ बुढी किन..

संका लाग्छ बुढी किन घमण्डी बन्दै छे 
ज्यादै गरम हुन्थी ऐले ठण्डी बन्दै छे 

अरे लौन, के गर्ने हो, उग्र बन्दै गा'छे 
हेर्दा हेर्दा बियो फाल्ने डण्डी बन्दै छे 

आफै नै पो उस्तो हो कि बुढी उस्ती भाकी 
नियममा कस्न खोज्दा चौदण्डी बन्दै छे 

कम कुरो एकातिर कुम्लो ठिमीतिर
घरै छोडी नेताजी को झण्डी बन्दै छे

सिपालु थिई जोसीलि र जाँगरिलि पनि
नाटक पार्छे जानीजानी मखण्डी बन्दै छे


- प्रकाश अर्याल "चुकुप्रकाश"

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger