Pages

Home » , » गजलका गुण र दोषहरू

गजलका गुण र दोषहरू

गजलका केही गुण र दोषहरू यस प्रकार छन्। 

  1. स्पष्टताः गजलको शेरमा जुन भाव वा विचार अभिव्यक्त गरिएको हुन्छ त्यो स्पष्ट हुन पर्दछ। गजलमा अर्थ या भावलाइ असर गर्ने र अभिव्यक्ति गर्न असजिलो लाग्ने शब्दहरू प्रयोग गर्न हुँदैन।
  2. पौढता: गजलका शेरहरू विचार र भावले परिपक्क हुनु पर्दछ।
  3. अर्थपूर्णताः गजलका शेरहरू अर्थपूर्ण हुनु पर्दछ।
  4. अन्योन्याश्रिता: गजलको पहिलो मिसराले जुन विषयवस्तुको उपस्थान गर्दछ त्यसलाई प्रमाणित वा पुष्टि गर्ने काम दोश्रो मिसराले गर्नु पर्दछ।
  5. गेयात्मकता: गेयता गजलको पहिलो सर्त हो।
  6. व्याख्यात्मकता: गजल थोरैमा धेरै भनिने विधा हो। गजलका शेरहरूमाका थोरै भन्दा थोरै शब्दहरूले धेरै भन्दा धेरै कुराहर भन्न सक्नु पर्दछ।
  7. सरलता: गजलका शेरहरू सरल र सहजबोध्य हुनु पर्छ।
  8. पुर्णता: गजलका शेरहरू अपूर्ण हुनु हुँदैन। भन्न खोजेको कुरा पूर्ण हुनु पर्दछ।
  9. ब्याकरण दोष: गजलको शेरमा प्रयोग हुने शब्दहरूलाई व्याकरण विरुद्ध तोडमोड गरिनु हुन्न।
  10. अश्लीलता दोष: गजलको शेरमा असभ्य, अश्लील, नग्नतापूर्ण, कामुक, गुप्ताङ्ग शब्दहरूको प्रयोग गर्नु हुँदैन।
  11. विक्षेप दोष: गजलको शेरमा आवश्यक भन्दा बढी शब्दहरू प्रयोग भएमा वा शब्दको अभाव महशुस भएमा विक्षेप नामको दोष उत्पन्न हुन्छ।
  12. जटिल शब्द: गजलका शेरहरूमा कोमल शब्दहरूको प्रयोग हुनुपर्दछ श्रुतिकटु र अर्थका दृष्टिले समेत जटिल शब्दहरूको प्रयोग गर्नु हुँदैन। साथै अनादरवाची शब्दहरूको पनि प्रयोग गर्नु हुँदैन।
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger