Pages

Home » » नेपाली गजल : आज राती एक्लै सुत्यो भन्दिनु उसलाई

नेपाली गजल : आज राती एक्लै सुत्यो भन्दिनु उसलाई

Harkaraj Gurung

___________गजल

आज राती एक्लै सुत्यो भन्दिनु उसलाई|
उठ्दा पनि एक्लै उठ्यो भन्दिनु उसलाई|

माया माया भन्दै हिड्ने छुइन अब देखी
छाती भित्र मुटु फुट्यो भन्दिनु उसलाई|

दु:खै दु:ख मात्र होस भन्थिन् मेरो जिवन
खाको बाचा सत्य पुग्यो भन्दिनु उसलाई|

छैठी देखी भाग्य खोज्दै बिछोड हुनेलाई
पिडा सेक्ने घाम डुब्यो भन्दिनु उसलाई|

मेरै कुरा गर्छिन् होली हाँस्दै गाउँ घरमा
लाश माथी फूल फूल्यो भन्दिनु उसलाई|

______हर्कराज गुरूङ "भूटानी"
___________अमेरीका

Harkaraj Gurung
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger