Pages

Home » » नेपाली गजल : बर्सिदैछ आँखा बाट ,श्रावन तिम्रो यादमा

नेपाली गजल : बर्सिदैछ आँखा बाट ,श्रावन तिम्रो यादमा

बर्सिदैछ आँखा बाट ,श्रावन तिम्रो यादमा
हरेक थोपा थोपा आँशु,साजन तिम्रो यादमा

दर्पण अनि घाम बिना छ ,आँशु न त छायाँ
चल्छ हरपल मेरो दिलको, धड्कन तिम्रो यादमा

न जानुं छ नजरको प्यास ,गुमनाम कहाँ मेरो
आँशु भित्र पौडन्छन यी, नयन तिम्रो यादमा


चुनौती झैँ भएको छ ,एकएक पल मलाइ
कसरी म राखूँ तनमन, कन्चन तिम्रो यादमा

तिमी बिना स्वाश लाग्छ, भारी जीवन बोझ
दिनानु दिन हुँदै छु म ,पतन तिम्रो यादमा

जमानाको वास्ता छ न, मलाइ खबर आफ्नै
अब खुशी रह्यो न त ,बन्धन तिम्रो यादमा

आसाका फूल अनयासै ,बन्न थाले काँढा
धर्ती भयो पतझर मेरो ,गगन तिम्रो यादमा

आऊ केहि दिएर जाउ ,अब दिललाई अमन
या न राख यति निर्मम, जलन तिम्रो यादमा

Asmi Gm
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger