Pages

Home » » नेपाली गजल : कटपुतली अवतार बनाइन्छ

नेपाली गजल : कटपुतली अवतार बनाइन्छ

गजल ___________________

दिनदिनै अनेक थरी समाचार बनाइन्छ
भ्रमित् पार्ने कटपुतली अवतार बनाइन्छ

एन्टीभाइरस बिक्रि हुन्छ भाइरस सल्काएर
औषधिको ब्यापार गर्न बिमार बनाइन्छ

निस्वार्थमा सेवा गर्ने अपराधी बनेकाछन्
राजनैतिक लुटेरालाइ अपरम्पार बनाइन्छ

हप्तामा आठ दिन हुन्छ सोझा सिधालाई
बिनाकामको खडेरीलाइ असार बनाइन्छ

कुर्ची माथि बसेपछि सधै चाड सधै छुट्टि
उनीहरुकै मनामर्जिमा शनिवार बनाइन्छ

प्रकाश अर्याल "चुकुप्रकाश"

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger