Pages

Home » » Anirup Rasaili - हामीले बिगतमा सुने झैं पहिलो दौड कछुवाले जित्यो

Anirup Rasaili - हामीले बिगतमा सुने झैं पहिलो दौड कछुवाले जित्यो

खरायो र कछुवाको दौड (कथा)

सायद हामी सबैले यो कथा प्रा. वि स्तरको पाठ्यपुस्तकमा पढीसकेका छौं जस्मा कछुवाले जितेको थियो म यही कथालाइ अझै लम्बाउन चाहें।

बढ्दो शहरीकरण र दिन प्रतिदिन जनसंख्या वृद्धिको कारण हरिया वन जंगलहरु मासिंदै गएका छन् फडानी भएका छन् जलवायु परिवर्तनले पृथ्वीको ताप क्रम बढ्दै जाँदा र जंगलमा लापारवाही बसोबास गर्नाले थुप्रै जंगलमा चैत्र बैसाखमा मात्र नभई अन्य बेला समेत र मौसममा समेत आगलागी हुँदा तिनै जंगलमा बसोबास गर्ने पशुपंक्षीको संख्या घट्दो छ लोप हुने क्रम निरन्तर छ। आजको विलासी मानिसमा चेतना भएरै पनि प्रविधिको अढेसमा जंगलको माया नभए पछि संरक्षणको लागी जंगलकै प्राणी लागी पर्न थाले। जंगलको राजा सिंह मात्रै भइ रहने र कुनै बिकासोन्मुख कार्य नभइ साना जनावरलाइ खाइ वंशनासको समेत डर भएकाले यसपाली खरायो राजा हुने उदेश्य बोकेर साना जनावरमा दौड प्रतियोगीता र सबै दौड आफैले जित्ने निश्चित भएकाले खरायो सबै साना जनावरबाट जिताइयोस भनि अपिल गर्दै हिंड्यो। धेरै जसो साना जनावर खरायोको फुर्तिमा छक्क परे र साथ दिने प्रतिबद्धता समेत जनाए। अन्तत खरायो कछुवाले भएको ठाउँमा पुग्यो सबै कुरा सुनायो स्वतः खरायोले जित्ने भएकोलो दोडमा भाग नलिन तर सहभागी भइ समर्थन जनाउन आग्रह गर्यो खरायोको सबै कुरा सुने पछी कछुवाले दौड आफुले पनि जित्न सक्ने र जितेपछी राजा भइने चतुर्याँइले आफु दौडमा सामेल हुने र जित्ने ठोकुवा गर्यो। खरायोले भन्यो अहिले नै हामी दौड प्रतियोगीता राखौं जस्ले जित्छ (मनमनै सोच्दै मैले नै जित्छु अरु साना जनावरको त समर्थन छंदै छ) उही अन्तिम प्रतियोगीताको लागी छनोट हुन्छ। खरायोको बोली खस्न नपाउँदा कछुवा राजी भयो।
दुबैले दौडको परिपञ्ज मिलाए निश्चित ठाउँमा तोके जो त्यहाँ छिटो पुग्छ उही छनोट हुने भन्दै दैड पनि सुरु गरे। हामीले बिगतमा सुने झैं पहिलो दौड कछुवाले जित्यो। खरायोलाइ लाजको मर्नु भएपछि फेरी दौडने बिचार गर्यो कछुवा पनि सहजै स्वीकार्यो खरायोको कुरा। दोस्रो दौडमा खरायो निरन्तर आफ्नै गतिमा दौडियो र सजिलै कछुवालाइ जित्यो। आफुले जसरी पनि जित्ने कुरामा घमण्ड गर्दै त्यहाँबाट हिंड्न थाल्यो। बिनम्र स्वरमा कछुवाले अझै एक पटक दौडने तर केही दिन पछि र त्यही ठाउँमा भेटिन आग्रह गर्यो जितले फुर्केको खरायो हुन्छ भन्दै अर्को दिन आउने वाचा गर्दै हिंड्यो। तेस्रो दौडको दिन पनि आयो खरायो खुबै हाउभाउको साथ आएको थियो। दौड सुरु हुनु भन्दा पैले कछुवाले पुग्नु पर्ने ठाउँमा अर्कै बतायो दोस्रो दौड सम्मको ठाउँ एकै थियो। किन ठाउँ परिवर्तन भयो केही ख्याल नगरी तेस्रो दौडको लागी नयाँ ठाउँ तोक्दै दौड सुरु भयो।
यसपाली पनि जित्ने दाउ बोकी खरायो उस्कै गतिमा दौड्यो तर पुग्नुपर्ने ठाउँ आउनुस भन्दा पहिले एउटा नदी पर्थ्यो नदीको किनारामा खरायो पर्खिरह्यो किनकि खरायो नदी तर्न सक्दैन थ्यो। । लामो समय पछि कछुवा आयो सजिलै नदीमा पस्यो र पौडिएर नदी तर्यो तेस्रो दौड पनि कछुवाले सजिलै जित्यो। कछुवा दौड जितिसकेपछि नदी तर्दै पुनः खरायो नदी तर्न नसकेर झोक्र्याएर बसेको ठाउँमा आयो र भन्यो मैले दुइ वटा दौड जितिसके तिमिले एउटा तर अब फेरी दौडौं कि हामी दुबैले जित्ने सकौं एकैसाथ। पहिलेको स्थानमा फर्किंदै दौड सुरू गरे। दुबैले जित्ने भनेपछि खरायो आफ्ने प्लान चौपट हुने भयो भनि निराश हुँदै भएपनि दौडन राजी भयो। अन्ततः दौड सुरू गरे तर नौलो। पहिले कछुवाले खरायोलाइ बोक्न लगायो र नदीको किनारमा पुगेपछि खरायोलाइ पिठ्यूँमा बोक्दै कछुवा नदीमा पस्यो र जितको स्थान सम्म दुबै एकै समयमा पुगे। दुबैले एकै समयमा बिजयको झण्डा हल्लाउँदै सम्झौता गरे कि ठुलो भएर सिंह राजा हुनुपर्ने र पालो अनुसार सानोको पालो भन्दै खरायो हुनुपर्ने होइन सानोको ठुलो ले राज चलाउने होइन तिमी समथर ठाउँ मा म भन्दा छिटो दौडन सक्छौ त म नदीमा पौडन, यस्तै आफुमा ज्ञान दक्षताको आधारमा आइपर्ने समस्याको प्रकृति बुझ्दै आ-आफ्नो ठाउँबाट सहयोग गर्दै एक्ले अर्कोलाइ सम्मान गर्दै अघि बढ्न सके राजा नचुनेरै पनि हामी हाम्रो बासस्थान वन जंगल जोगाउन खराब आचरणमा संलग्न मनुष्यलाइ सम्झाउन र बुझाउन पनि सक्छौ।
खरायोले कछुवाबाट धेरै कुरा सिकेपछि सम्पूर्ण पशुपक्षीलाइ डाकेर कछुवाबाट सिकेको कुरा बतायो सबैले कछुवालाइ धन्यवाद चढाए र आ-आफ्नो ठाउँबाट लागी पर्ने वाचाका साथ वन संरक्षणमा सबै जनावर लागी पर्न थाले।

~रुप रसाइली विश्वकर्मा
घान्द्रुक़ ~२ फुलिवाङ कास्की
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger