Pages

Home » » नेपाली गज़ल : गइन् उनी नत मर्नु नत बाँच्नु बनाएर ( सर्जक : प्रकाश अर्याल चुकुप्रकाश )

नेपाली गज़ल : गइन् उनी नत मर्नु नत बाँच्नु बनाएर ( सर्जक : प्रकाश अर्याल चुकुप्रकाश )

Pa Chuksगज़ल __________________________

गइन् उनी नत मर्नु नत बाँच्नु बनाएर
दलदलेमा मलाइ पारि आस्थित्व नै मेटाएर

त्यति निच हुँदा सम्म संकोच छैन उनि भित्र
फालिन् इज्जत सकिदैन हिड्न शिर उठाएर

सुख संग राखेको नै थिएँ जस्तो लाग्छ अझै
भोको कैले राखिन है बरु आँफु नखाएर

के मा कमि गरेछु खै ठाडै बदर गर्नु पर्ने
सुन्दर परि ठान्थें मैले राख्थें फूल बिच्छ्याएर

नचिनिने रुप पनि हुँदो रै’ छ यो संसारमा
अति सालिन लाग्थ्यो जब बोल्थिन् उनि लजाएर

बाँच्न अनि बचाउन परदेशीनु बाध्यता छ
सधै संगै बसौं भन्थिन् हुन्न रै’छ सम्झाएर

नसोचेको नसम्झेको सपना पो हो कि जस्तो
नयाँ श्रीमान रोजिन् मेरो नाकमा आची लगाएर

जे नहुनु भयो यहाँ सकिदैन उल्ट्याउन
खुशी रहुन, सुखी रहुन राखोस सधै तताएर

- प्रकाश अर्याल "चुकुप्रकाश"
नलाङ ७ बैरेनी धादिङ

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger