Pages

Home » » नेपाली गजल : अभाव एकैनास हुन्छ गरिबको झुपडीमा ( सर्जक : हरीहर कँडेल )

नेपाली गजल : अभाव एकैनास हुन्छ गरिबको झुपडीमा ( सर्जक : हरीहर कँडेल )


गजल
अभाव एकैनास हुन्छ गरिबको झुपडीमा!
दुखैदुखको रास हुन्छ गरिबको झुपडीमा!!१
खान नपाई बालबच्चा रोइरहेको देख्दा !
मन खिन्न उदास हुन्छ गरिबको झुपडीमा !!२
दिनरात अर्कैको काम गरेर भएपनी!
पेटपाल्ने आस हुन्छ गरिबको झुपडीमा !!३
धनीहरु त चाडवाडमा रमाउछन होला !
न खुशी न उल्लास हुन्छ गरिबको झुपडीमा !!४
झुठा प्रचार गर्छन नेता चुनावको बेला !
अब पक्कै विकास हुन्छ गरिबको झुपडीमा!!५

©हरीहर कँडेल
पाली अर्घाखाँची
हाल मलेशिया


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger