Pages

Home » » नेपाली गजल : स्वाट्ट आयो हेर्यो अनि पत्र लेखेर गयो रातमा! (सर्जक : टेक भण्डारी )

नेपाली गजल : स्वाट्ट आयो हेर्यो अनि पत्र लेखेर गयो रातमा! (सर्जक : टेक भण्डारी )


गजल
******
स्वाट्ट आयो हेर्यो अनि पत्र लेखेर गयो रातमा!
स्वाट्ट आयो छेल्यो अनि खेल खेलेर गयो रातमा!
यो संसार अचम्म अनि रित अचम्म!
सोझो उनको जवानीलाई हत्केलामा राख्दै उस्ले
स्वाट्ट आयो भेट्यो अनि प्यास मेटेर गयो रातमा!
यो संसार अचम्म अनि मित अचम्म!
मुखमा राम राम बगलीमा छुरी बोकी हिँडदै उस्ले
स्वाट्ट आयो सेक्यो अनि घाँटी चेपेर गयो रातमा!
यो संसार अचम्म अनि हित अचम्म!
बिश्वास गरी मुटु दिने आफ्नै प्रेमीलाई नै आज
स्वाट्ट आयो बेर्यो अनि छाती टेकेर गयो रातमा!
यो संसार अचम्म अनि प्रित अचम्म!


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger