Pages

Home » » नेपाली कविता : परिवर्तन ( सर्जक : अनिल बस्न्यात "समीर )

नेपाली कविता : परिवर्तन ( सर्जक : अनिल बस्न्यात "समीर )


परिवर्तन___________________________
चाहेको परिवर्तन हो भने, आफैलाई बदल पहिले,
श्रीगणेश हुन्छ सुधारको, तिम्रै सकारात्मक सोंचले ।
सुकर्मले ति तिम्रा सदा, गुँजिन्छन गाथा लोक-महाँ,
आफैमा भएको परिवर्तन, को हुन्छ अनुभूति तहाँ ।
चाहन्छौ भलो जगतको, भै सरीक दु:खमा अरुको हेर,
परिवर्तन भएको स्वयंमा, आभास हुनेछ उति नै खेर ।
परिवर्तन यथार्थ जगतैको, जसले छिटो बुझदछ,
विविधताका आधारमा हुने, विवेध सजिलै हट्दछ ।
दान गर्दा ज्ञान र सीप, हुन्छ सकारात्मक परिवर्तन,
परिवर्तित समाजको, सत्य यही बुझ हे जन-जन ।
.....अनिल बस्न्यात "समीर" 3 October 2014
भिमदत्त नगरपालिका, भासी-३, कंचनपुर, महेन्द्रनगर ।

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger