Pages

Home » » नेपाली गजल : भन्दै छु म एउटा कुरा कान खोलि सुन्नुहोला ( सर्जक : प्रकाश अर्याल चुकुप्रकाश )

नेपाली गजल : भन्दै छु म एउटा कुरा कान खोलि सुन्नुहोला ( सर्जक : प्रकाश अर्याल चुकुप्रकाश )

Prakash Aryal 'chukuprakash'
भन्दै छु म एउटा कुरा कान खोलि सुन्नुहोला
छैनन् यहाँ कोहि भुरा कान खोलि सुन्नु होला
देश मर्न लाग्यो आज ठण्डा रगत तताउँ सबले
बन्न सक्छौ हामी सुरा कान खोलि सुन्नु होला
खोलो बगाई सहिदले दशकै लागि लडेका हुन्
किन राख्ने सपना अधुरा कान खोलि सुन्नुहोला
गोर्खाली हौँ भन्छौ यस्तै घमण्डले मात्र हुन्न
के काम लागे यी पाखुरा कान खोलि सुन्नु होला
दुनियालाई तताउदा आफ्नो देश सेलाउछ त
नबसौ है चलाई छुरा कान खोलि सुन्नुहोला
फर्कौ अब आफ्नै भुमी चलाउँ कुटो कोदालो नै
सिंगारर्नलाई ति चुचुरा कान खोलि सुन्नुहोला
वादविवादलाइ आजै छोडौ लागि पारौं तव सम्म
जव हुन्नन् काम पुरा कान खोलि सुन्नु होला
-प्रकाश अर्याल 'चुकुप्रकाश'
नलाङ ७ बैरेनी , धादिङ

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger