Pages

Home » » नेपाली लेख : दशैं ( सर्जक : शिव सुबेदी )

नेपाली लेख : दशैं ( सर्जक : शिव सुबेदी )

--शिव सुबेदी
दशै
परा पुर्बकालमा दैत्यहरुले देव गणमा निकै हैकम र सास्ती दिन थाले पछी उनै चतुर मुख ब्रम्हको ध्यान तपस्या पछि अध्बुध शक्ति पाएको मैसासुर लाई बध गर्नका निम्ति दुर्गा भवानी नव दुर्गाको रुप धारण गरि मैसासुरको बधगरि यो पर्व हर्षउल्लसका साथ मनाईदै आएको मानिन्छ ।
अत:
भगवान रामले रावणको बधगरेको कथा पनि यदा कदा सुन्नमा आउँछ ।
यो पर्वले मानव जातिमा पनि निकै ठूलो महत्त्व बोकेको छ ।बिशेशत यो पर्वमा एक सरो नयाँ लुगा कपडा लाउने मिठो मसिनो खाने आफू भन्दा ठुला बाट टीका जमरा लगाई आशिर्वाद लिने चलन छ ।यसै बेला गाउँ घरमा लिङ्गे पिङका ती मचाई हरु यो परदेशमा पनि उत्तिकै झझल्को नबसेको भने होईन बिबिन्न कारणले परदेश पस्नु भएका बिशेशत हिन्दू धर्माल्बी दाजुभाइ दिदीबहिनी हरु परदेशमै रहेर पनि एक दिन रमाइलो हुने गरि भेटघाट गरिएको देखिन्छ ।
सबै पक्षका सकारात्मक र नकारात्मक दुबै पक्ष समेटिएको हुन्छ ।यश पर्वका पनि विभिन्न नकारात्मक पक्ष पनि छन ।दशैको नाममा जुवा तास मदिराका भट्टि लगाई समाजमा लगायत परदेशमा पनि यस्ता नकारात्मक क्रियाकलाप हरु नदेखिएको भने हैन ।
विशेषत समाजमा अर्काको देखासिखिले पनि यो पबित्र पर्वलाई निकै नकारात्मक पुगेको छ ।
अन्ततः जेहोस जसरी होस स्वदेशमा चाहे परदेशमा होस यश महान पर्वले भाईचारा को सम्बन्ध प्रगाढ बनोस स्वस्थ रहनुहोस फुर्त रहनु होस बिकृति बिसंगती रहित चाडपर्व मनाउनु र भावी पिडीमा सफलताका साथ यी पर्वहरु हस्तान्तरण गर्न पाईयोस र जोगाउनु पर्छ हामी सबैको मिले महतो हुन जरुरी छ ।।
आयु द्रोण सुते श्रीयम् दशरथे शत्रु क्षयं राघवे ! ऐश्वर्यम नहुषे गतिश्च पवने मानंच
दुर्योधने !!
सौर्यम् शान्तनवे बलं हलधरे सत्यमच कुन्ती सुते ! विज्ञाने विदुरे भवन्त भवताम कृतिश्च
नारायणे !!
स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली जन जनमा बिजयादशमी २०७१ सालको अवसरमा सुख, शान्ति, समृद्धिको कामना सहित सु-
स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ- कामना ब्यक्त
गर्दछु ।
शान्तिनगर एक
जुनेली बस्ती
झापा
अचेल:-मलेसिया

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger