Pages

Home » » नेपाली गजल : दशै तिहारआयो आज घरमा छैन ठुलो आज ( सर्जक : जक प्रकाश राई)

नेपाली गजल : दशै तिहारआयो आज घरमा छैन ठुलो आज ( सर्जक : जक प्रकाश राई)


दशै तिहारआयो आज घरमा छैन ठुलो आज
गरिबको बा प्रदेश बलेको छ छैन चुलो आज
गरीबी मारमा सबै प्रदेशिए छैन आज घरमा
छोराछोरी टुलुटुलु हेर्दै खेल्दै होलाधुलो आज
दशैतिहार हुने खानेको लागी दशै बनेर आयो
नहुनेको दसाबनि घरमा छैन बाल्ने झुलो आज
दैबिक प्रकोपले पनि गरीबीलाई नै मार्दो रैछ
धानरोप्न नपाई भत्काइ लगि दियो कुलो आज
जति गरे पनि गरीबी नै सधैं हुन्छन मारमा
नेताजति प्रकाश छल्दै लुकि जान्छ दुलो आज
जक प्रकाश राई
पाँचथर सिदिन एक
हाल:साउदी मरुभूमि तिर
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger