Pages

Home » » नेपाली गजल : रुवाई आमा यो दशैं गयो बनाई लाचार ( सर्जक : युबराज गौतम (अन्तर्मुखी) )

नेपाली गजल : रुवाई आमा यो दशैं गयो बनाई लाचार ( सर्जक : युबराज गौतम (अन्तर्मुखी) )


। । । । । । गजल । । । । ।
रुवाई आमा यो दशैं गयो बनाई लाचार
त्यसैनै गरी रुवाउन दिदी आउँछ तिहार
हरेक वर्ष आउने यस्ता पर्व र मेलाले
दिलाई याद चर्काई मुटु फुटायो बार् बार
कसैले जागिर खाएर बसे कसको ब्यापार् छ
क्यै छैन मेरो देशमा बस्ने एउटा आधार
कर्मले यता लघारे पछि बाध्य भै म आएँ
सन्तान् को गाँस जुटाउँन भनी तरेर जंघार
सम्झेर यस्ता याबत कुरा भक्कानो फुट्दछ
नलागी आगो जलेर मन भै गयो अँगार
युबराज गौतम (अन्तर्मुखी)
कल्लेरी ६ धादिङ्ग
हाल कतार
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger