Pages

Home » » नेपाली कविता : 'प्रकृतिको आवहान' (सर्जक : विवश एस.वि )

नेपाली कविता : 'प्रकृतिको आवहान' (सर्जक : विवश एस.वि )


''प्रकृतिको आवहान''
कहीले चिसोसिरेटो बनेर
कहीले झम झमी बर्खे झरी झै
पुर्णीमाको रातमा बगरका ढुङ्गा
टल्क टल्के झै
थकित बटुवाको थकान मट्ने
चौतारि बनेर
कसैलाई जिउने आधार
कसैलाई पिउने आधार
तराईको फाट फाटमा
पहाडको टाकुरा टाकुरीमा
विश्वको सबोच्च शिखर बनेर
टिलीक्क टल्कीरहन्छीन
उनी
भेटीन्छीन
बस्ती बस्तीमा कवि मेरो
अस्मीता छेकीदेउन तिम्रा
ति शुन्दर शब्दले रङ्गीएको
पाना पानाले भन्दै
सुन्दैछु चारकोसेका मृगशाबक हरु
लन्च डिनर गर्न शहर पस्दैछन
आज नागबेली यार्सागुम्बा फल्ने ठाउमा
भोली चिल्ला चिप्ला मोटर गुड्ने छन
धुवॉको मुस्लो छोड्दै
तिमि आजको फोटो कैदगर
अनी भोली पल्टाएर हेर
सोच फरक के पायौ?
तिमि कविता भन्दा धेरै
मेरो स्याहार सुसार गर
हो कवि फेरि पछुताउने छौ
उनले त बिन्ती गरेकी थिइन भन्दै
नत्र जलीरहेको मरुभुमीमा
तिर्खाएको उंट झै
बौलाउन पर्ला प्रकृति प्रकृति भन्दै
कवि मेरो बेदनाको कविता लेख
विवश एस.बि
hetauda-5
bibashchaulagain1994@gmail.com

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger