Pages

Home » » नेपाली कविता : आउ सबै मिली आऊ ( सर्जक : अनिलसिंह बस्न्यात )

नेपाली कविता : आउ सबै मिली आऊ ( सर्जक : अनिलसिंह बस्न्यात )


आउ सबै मिली आऊ__________________
पहाड अलि तल आऊ, मेट आली-आलीको घाऊ ।
कान्ला-भीर-पाखाका पाखुराहरू, दिर्घजीवी बनाऊ,
आऊ शरहरू तिमी पनि, अलि तल-तल आऊ ।
शहरमुखी भएका शिल्पीहरू, गाउँ-गाउँ भित्र्याऊ ।
गाउँ छिटै बुझेर मर्महरू, तिमी पनि तल आऊ,
सम्हाल नदी-नालाहरूका, दु:खीरहेका ति घाऊ ।
खेतालाहरू जाग, बेला भयो तिमी पनि आऊ,
गह्राहरूमा पानीका, मुहान निस्फिक्री फुटाऊ ।
विज्ञान-रजनीति सबै आऊ, आएर ध्यान पुर्‍याऊ,
गाँस-बास-कपास, पहुँचको मार्ग प्रसस्त गराऊ ।
धर्म-संसकृति मिलेर आऊ, ज्ञानको ज्योती जगाऊ,
हाम्रा अज्ञानताहरू, त्याग्न हामी सबैलाई सिखाऊ ।
......अनिलसिंह बस्न्यात
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger