Pages

Home » » नेपाली गजल : घृणा लाग्छ नेता देखि, शहरको कुरा नगर तिमी [ सर्जक : पागल दिपेश शेर्पा / ताप्लेजुङ ]

नेपाली गजल : घृणा लाग्छ नेता देखि, शहरको कुरा नगर तिमी [ सर्जक : पागल दिपेश शेर्पा / ताप्लेजुङ ]

घृणा लाग्छ नेता देखि, शहरको कुरा नगर तिमी ।
अन्जानमा बस्छ माया, रहरको कुरा नगर तिमी ।।

चुरोटको धुवा नठाने हुन्छ, संलो र सफा छ मन ।
पिउदिन कहिलै नशा, जहरको कुरा नगर तिमी ।।

जे पनि गर्न तयार छन्, नेपाल आमाको सन्तान ।
झुठो साबित देखाएर, ठहरको कुरा नगर तिमी ।।

साथीको लागि ज्यानै दिन्छु, अरु मागे सक्दिन ।
दुखले पनि बाचेको छु, प्रहरको कुरा नगर तिमी ।।

हिम्मत बोकेर अगाडि बड सयौं ढोका खुल्ने छ ।
हार मान्नु हुन्न कहिले, कहरको कुरा नगर तिमी ।।

पागल दिपेश शेर्पा 
ताप्लेजुङ 
हाल खाडी दोहा कतार
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger