Pages

Home » » नेपाली गजल : कहिले रुन्छ परदेशी मन घर संझिएर [ सर्जक : महेन्द्र मिश्र जुडास / पाँचथर ]

नेपाली गजल : कहिले रुन्छ परदेशी मन घर संझिएर [ सर्जक : महेन्द्र मिश्र जुडास / पाँचथर ]

गजल
कहिले रुन्छ परदेशी मन घर संझिएर।
कहिले रुन्छु अभागी यो खप्पर संझिएर।

रुनेक्रम त निरन्तर छ आज पनि भर्खर रोए।
मेरो प्यारो जन्मभुमि पाँचथर संझिएर।

आज अहिले झट्टै देखे ठम्याउन हम्मे पर्ला।
आफ्नै सन्तान दुधमुखे अधर संझिएर।

पलपल भक्कानिन्छु अनि आफै सम्हालिन्छु।
छुट्दा रोएका प्रियसिका नजर संझिएर।

छिटै फर्क  छोरा क्षितिजमा छौ डुब्न सक्छौ"।
बुढा भएका बा आमाको खबर संझिएर।

महेन्द्र मिश्र जुडास
पाँचथर नेपाल
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger