Pages

Home » » नेपाली गजल : न गुनासो तिमी सित, न गुनासो उनी सित [ सर्जक : युवराज गौतम (अन्तरमुखी) / कल्लेरी धादिङ ]

नेपाली गजल : न गुनासो तिमी सित, न गुनासो उनी सित [ सर्जक : युवराज गौतम (अन्तरमुखी) / कल्लेरी धादिङ ]


॥॥॥॥॥॥॥॥॥॥ गजल ॥॥॥॥॥॥॥॥॥॥॥॥॥
न गुनासो तिमी सित, न गुनासो उनी सित
छ त केवल् नालायक, मेरो आफ्नै जुनी सित१
बिनम्र यो सोधनी हो! किन यस्तो गर्यौ भनी

बचनले हानी पैले, पश्चातापमा रुनी सित २

ढुक्क संग भन्न सक्छु , उसै संग हुन्छ भनी
धनको धनी भन्दा माया, मनको धनी हुनी सित ३
तिमी पनि उसै गरी, हात फैलाई माग्न आयौ
कसोगरी दिउँ मुटु?, त्यो त छ बैगुनी सित ४
टुना मुना लगाएर , लुटिन्छकि बैँस भन्ने
शंकै शंका एकान्तमा , मेरो तस्विर छुनी सित ५
युवराज गौतम (अन्तरमुखी)
कल्लेरी ६ सिमल डाँडा धादिङ
हाल कतार
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger