Pages

Home » » नेपाली गजल : चौतारीमा पर्खि रहें हजुर आउनु भएन [ सर्जक : सागर भंडारी "बिभोर" / पाल्पा ]

नेपाली गजल : चौतारीमा पर्खि रहें हजुर आउनु भएन [ सर्जक : सागर भंडारी "बिभोर" / पाल्पा ]

गजल
चौतारीमा पर्खि रहें हजुर आउनु भएन
धोका दिनु भयो साँचो माँयाँ लाउनु भएन

पक्कै पनी पछुतो पर्ला एक दिन् हजुर्लाइ
म जस्ती गाँउकि चोखी केटी पाउनु भएन

दुई दिनको भेटमा माँयाँ बसेको थियो साच्चै
खेली भावनामा यती त सताउनु भएन

भूल मेरो पनि हो आँखा चिम्लेर बिस्वाश गरें
निस्ठुरीलाइ सम्झी आँसू खसाउनु भएन

सागर भंडारी "बिभोर"
पाल्पा दर्पुक एक
हाल मरुभूमि
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger