Pages

Home » » नेपाली गजल : माघ आठमा संविधान, आउँछ या आउदैन [ सर्जक : राजेश पाठक प्याशी आत्मा / धादिङ ]

नेपाली गजल : माघ आठमा संविधान, आउँछ या आउदैन [ सर्जक : राजेश पाठक प्याशी आत्मा / धादिङ ]


______________गजल___________
माघ आठमा संविधान, आउँछ या आउदैन |
कानुनको झुल्के बिहान, आउँछ या आउदैन ||

फेरि पनि म्याद थपेर, निदाउने हो की नेता |
कसैले त गर किटान, आउँछ या आउदैन ||

महलमा बस्ने हरुले, सोच्लान् र यी कुराहरु |
गरीबलाई बास स्थान, आउँछ या आउदैन ||

कयौं मरे आन्दोलनमा, कयौं हराएर गए |
सहिदको नाम निसान, आउँछ या आउदैन ||

बलात्कारी हत्यारालाई, झुन्ड्याएर मार्ने दण्ड |
नारीलाई इज्जत् सम्मान, आउँछ या आउदैन ||

राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल= साउदी अरेबिया
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger