Pages

Home » » बागलुङ बलेवाका मुक्तककार बिकि सुधाका केहि नेपाली मुक्तकहरु

बागलुङ बलेवाका मुक्तककार बिकि सुधाका केहि नेपाली मुक्तकहरु


मुक्तक १ 
कुनै बेला न जानेर बाटो बिराएछु भने
अटल, स्वाभिमानि शिर गिराएछु भने
सम्झाइ बुझाइ सुध्रिने मौका दिनु प्रिय
भुलचुकले तिम्रो मनलाई पिराएछु भने



बिकि सुधा
बागलुङ बलेवा
दक्षिण कोरिया




मुक्तक २ 
तिमी म मिलि एउटा सानो स्वर्ग जस्तै घर बनाउनु छ
वरिपरि अनेक फुलहरु रोपि बगैंचा सुन्दर बनाउनु छ
सबै थोक भएर नि स्वर्ग जस्तो संसार पनि नर्क हुन्छ
नभत्काइ बिस्वासको पर्खाल माया अम्मर बनाउनु छ

मुक्तक ३ 
हुँ म उनको मान्छे
उनी जुनको मान्छे
नढाटि भनन ए जुन
तिमि कुनको मान्छे

मुक्तक ४ 
नारी सारा, भगवान अनि विशाल धर्ती हुन
गिता, रामयण, गुरुदेब, उपदेस र अर्ती हुन
आमा, दिदी, बहिनि, साथी र जीवन साथी
सबै भुमिका निबाइ समर्पित पुरुष पर्ती हु

मुक्तक ५ 
जति धारिलो भए पनि खुकुरीले दाप कहाँ काटिन्छर
आजिबन जेल बसे पनि पापीको पाप कहाँ काटिन्छर
जोति साह र अरुति अबोध बालिकाको मनले दिएको
चेत होस बलात्कारिलाई जुगौँ सराप कहाँ काटिन्छर

मुक्तक ६ 
मलाइ फरक पर्ने छैन चाँडो वा ढिलो दिएर
आफुलाइ सु:ख मलाइ दु:खको बिलो दिएर
अरे मत सधैं सकारात्मक सोच राख्ने मान्छे
कमल फुल फुलाइ दिउँला जाउ हिलो दिएर




सर्जक : 
बिकि सुधा
बागलुङ बलेवा
दक्षिण कोरिया

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger