Pages

Home » » सुकाजोर-४,मुगान रामेछाप का गजलकार वियोग अनुरागीका केहि नेपाली गजलहरु

सुकाजोर-४,मुगान रामेछाप का गजलकार वियोग अनुरागीका केहि नेपाली गजलहरु

गजल १ 
वियोगमा जले कति कति फेरी रोए जिन्दगीमा 
भाग्यले नै ठुलो घात गर्दा खेरि रोए जिन्दगीमा।।
वियोग अनुरागी(उपेन्द्र हायु)
सुकाजोर-४,मुगान रामेछाप
हाल:सात समुन्द्र पारी
फोन न. : +९७४-३०४११२८८ 
(+974-30411288) Qatar 
आमाको नाम: धनमाया हायु 
बुबाको नाम : रोहित ब. हायु 
दिदी :निर्जना हायु
यहि आखाँमा बग्दा आशुँ भेल सुकाईदिए तर 
अनायासै फेरी चल्यो आधि बेरी रोए जिन्दगीमा।।
आफ्नै अघि जिन्दगीका खुसि दैबले खोसिलादा 
सकिन केहि गर्न टुलुटुलु हेरी रोए जिन्दगीमा ।।
बदला लिनु थियो त्यहाँ जसले मलाई आशुँ दियो 
तर पनि आफ्नै मनलाई सेरी रोए जिन्दगीमा।।
सकेनछन् भगवानले मेरो भागमा खुसि दिन 
आशुकै मसिले भाग्यरेखा केरी रोए जिन्दगीमा।।

गजल २ 
निष्ठुरीको घृणित यादमा डुबेर लेखेँ गजल।। 
जीवनको अन्तिम घडीमा पुगेर लेखेँ गजल ।।
थाहा छैन चिप्लियो भने कहाँनेर पुगिने हो
खुकुरीको धारिलो धारमा ऊभेर लेखेँ गजल ।।
ठक्करहरु खाई चोटै चोट सहन गाह्रो हुदाँ
धरधरी आशुँ नै आशुँले रुझेर लेखेँ गजल ।।
जिउने आशा पलाउँदा जीवनको भिख माग्दै
यमराजको पापी पाऊमा नुगेर लेखेँ गजल ।।
हजारौँ चोट खाएनी वियोग भई बाँचेकै छु
मर्नु भन्दा बौलाऊनै बेस बुझेर लेखेँ गजल ।।

गजल ३ 
स्वर्ग लोकको त्यो मुलबाटो चाल्दैछु म किन
तिम्रै निम्ति निर्दोष जिन्दगी फाल्दैछु म किन
गई हाल्यौ तिमि पराई हातको सिन्दुर लगाई
आफ्नै सम्झी फोटोमै सिन्दुर हाल्दैछु म किन
अरे बगेको खोला फर्किन्न भन्ने उखान सुन्थे
तरनि तिम्रै हुने मनमा आशा पाल्दैछु म किन
छल गर्यो खै कसले भनौ जिन्दगीले या मायाले
आशुँले भत्क्यो जिबन आशुँलेनै टाल्दैछु म किन


गजल ४ 
तिम्रो याद आउँछ सताउछ र मुटु दुख्छ
जुनले नि यै कुरा वताउछ र मुटु दुख्छ ।।
भुल्न खोजे सयौं पटक निस्ठुरी तिमीलाई
तर पिरले ज्यान घटाऊछ र मुटु दुख्छ ।।
मात लाग्ने कुनै नशा पिउदिन तर पनि
तिम्ले देको चोटले मताऊछ र मुटु दुख्छ ।।
हरेक मोडमा धोका दियो जिन्दगीले पनि
त्यै पिरले छाती छट्पटाउछ र मुटु दुख्छ ।।
बन्द गरिसकेथे वियोगका पानाहरुलाई
यो जिन्दगीले फेरी पल्टाऊछ र मुटु दुख्छ ।।

गजल ५ 
दलित अपांगको कुरा गर्दै गाउँ गाउँ बस्तीबाट 
मैले नि गजल लेख्न थाल्या हजुर हिजो अस्तिबाट।।
दु:खी छन् गरिब गाउँमा लाउन खान नपाएर
धनि सुखी त्यहाँ शहरमा हरेक मोज मस्तिबाट।।
के खोज्छौ ए ठुलावडाहरु कति हेप्छौ निमुखालाई
खोसिदैन कुनै अधिकार तिम्रो त्यो जबर जस्तिबाट।।
नयाँ शाशन आयो देशमा मारपिट हुन्न भन्छन
तर किन मर्छन सेना यहाँ हिडिरहेकै गस्तीबाट।।
अरे यार अचम्मै छ संसारको चलन हो कि क्या हो?
अनायासै किन बन्छन शत्रु यहाँ आफ्नै दोस्तीबाट।।

गजल ६ 
आज पनि लेखे मैले जिबनको अर्को गजल 
जिन्दगीले पाएको चोट र प्रहरको गजल
हरेक मोड अनि घुम्तीहरुमा ठक्कर खादा
पिडा र वियोगले भरिएको घरको गजल
ज्वालारुपी ती साथहरुलाई आफ्नै सम्झिएर
पीडाले तड्पीन नचाहेको रहरको गजल
कसैले मलाई पराई सम्झी छोडेर गएसी
उसैको यादमा हराएको शहरको गजल
लेख्न त आउदैन तर पनि लेख्न बाध्य भए
हजारौ चाहना मार्ने स्वार्थी संसारको गजल

वियोग अनुरागी(उपेन्द्र हायु)
सुकाजोर-४,मुगान रामेछाप
हाल:सात समुन्द्र पारी
फोन न. : +९७४-३०४११२८८ (+974-30411288) Qatar
आमाको नाम: धनमाया हायु
बुबाको नाम : रोहित ब. हायु
दिदी :निर्जना हायु
Share this article :

2 comments:

Unknown said...

thankyou hajur

Unknown said...

हार्दिक धन्यवाद चुकुप्रकाश ब्लग पोस्ट परिवार अनि PRAKASH अर्याल सर मा
साथै लिंक खोलेर हजुर हरुले आफ्नो अमुल्य सुझाब अनि सल्लाह दिनु भए आभारी हुने
http://chukuprakash.blogspot.com/2015/03/blog-post_60.html

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger