Pages

Home » » नेपाली गजल : ........गजलकार भएँ म [ सर्जक : प्रकाश मगर बियोगी / दाङ घोराही ]

नेपाली गजल : ........गजलकार भएँ म [ सर्जक : प्रकाश मगर बियोगी / दाङ घोराही ]

गजल
किनबेच गर्ने अनौंठो बजार भएँ म।।
गहकिलो चमक दिने संसार भएँ म।।

हेरी रहे निष्ठुरीलाई छुन सकिन कैले।
उस्को नजरमा समुन्द्र पार भएँ म।।

आर्थिक कम्जोरीले बिदेश लाग्नु पर्यो।
बिदेशमा धन कमाउदै निखार भएँ म।।

छोडि गईन् निष्ठुरीले बिदेशिनु पर्दा।
बाध्यताले बियोग हुन तयार भएँ म।।

सपना चक्नाचुर भयो पागल बन्न पुगे।
बारीको काम नलाग्दो झार भएँ म।।

जति प्रेम गर्दा पनि कमि हुन थाल्यो।
मायामा भोगी बनेर लाचार भएँ म।।

निष्ठुरीको तस्बिर हरु झुले नयन भरी।
युद्ध लड्ने जस्तो खुकुरी धार भएँ म।।

दृष्टि हरु हेर्न सकिन सिर उठाएर कैले।
संसार भरी ब्याकुल बनि भार भएँ म।।

साहित्यको किताब पढे विवश बनेर।
दुनियाको अगाडि गजलकार भएँ म।।

प्रकाश मगर बियोगी
सौडियार १ दाङ घोराही
हाल न्यू दिल्लि भारत
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger