Pages

Home » » केहि नेपाली मुक्तक हरफहरु [ सर्जक : रेखा पन्त / गोर्खा ]

केहि नेपाली मुक्तक हरफहरु [ सर्जक : रेखा पन्त / गोर्खा ]

मुक्तक   १ 
नुन चामल किनी लान्छन म प्रदेशमा भए
साझ बिहान टन्न खान्छन म प्रदेशमा भए
रगत संग पैसा साटी खर्च पठाउदा मैले
केहि दिनलाई खुशी मान्छन म प्रदेशमा भए

मुक्तक   २ 
मेरो लागि हिरा फोर्ने भेटेकी छु आज यहाँ
भाबी र बर्तमान कोर्ने भेटेकी छु आज यहाँ
आज सम्म कोहि कसैलाइ नदिएर राखेको
यही रेखाको मन चोर्ने भेटेकी छु आज यहाँ

मुक्तक   ३ 
शिरै छेदन गरी लैजा मुटु रेट्नु भन्दा
एकमुठी सास हरि लैजा उसलाई भेट्नु भन्दा
धब्बा लाग्दा चरित्रमा जिउने मन छैन कत्ति
खेलै खतम पारिदिन्छु आसु समेट्नु भन्दा

मुक्तक   ४ 
मनमा उनि तनमा उनि आखाको नानीमा उनि
मैले खाने भोजन संगै प्यासको पानीमा उनि
मायाको श्री गणेश उनैबाट इतिश्री पनि उन्मै हुन्छ
रेखाका जिन्दगीका हरेक कहानीमा उनि

मुक्तक   ५ 
सपना देख्नलाई निदाउनु पर्छ
भाबना लेख्नलाई मिलाउनु पर्छ
मुखले भनेर केहि हुदैन यहा
विश्वास सबैलाई दिलाउनु पर्छ

मुक्तक   ६ 
कहिले भन्छौ यता मलाई हामी एक भै बसम रेखा
सातै जुनी एक अर्कामा पिरतीले ड्सम रेखा
राम्री भन्छौ काली भन्छौ डल्ली भनी बोलाउछौ
भनिरह्यौ प्राण मेरो विश्वास गर कसम रेखा

रेखा पन्त
गोर्खा हाल इजरायल
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger