Pages

Home » » केहि नेपाली मुक्तकहरु [ सर्जक : छवि श्रेष्ठ / चलाल-१, पार्थली काभ्रे ]

केहि नेपाली मुक्तकहरु [ सर्जक : छवि श्रेष्ठ / चलाल-१, पार्थली काभ्रे ]


प्रभावित छु तिमिबाट, फिदा भएँ भन्थ्यौ 
फर्किएकी फेरि किन, बिदा भएँ भन्थ्यौ 
खाएको गाँस ओकलेरै, भे'नि खुवाउँछु
तिम्लाई मेरै शरणमा लिँदा भएँ भन्थ्यौ 


बाँदर कहाँ चुप लाग्छ र केरा देखेपछी
तर फर्क्यो हिड्ने बाटो अप्ठ्यारा देखेपछी
आफ्नै दुनो सोझ्याउछु, भन्दै थियो अस्ति
तेराको के ख्याल हँ मलाई? मेरा देखेपछी।।

तिमि पारी म चै वारी हेराहेर भो एकैछिन
नभेटेरै अङ्गालोमा बेराबेर भो एकैछिन
रिसराग माया मोह, मिसाएर थोरै थोरै
तिम्रो मेरो सिमारेखा, केराकेर भो एकैछिन।।

छवि श्रेष्ठ 
(चलाल-१, पार्थली काभ्रे )
(२०७१/०१/११)
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger