Pages

Home » » विनाशकारी भूकम्प २०७२ बारे मुक्तककारहरु के भन्छन् त ? आ-आफ्नै आवाज मुक्तक बाट

विनाशकारी भूकम्प २०७२ बारे मुक्तककारहरु के भन्छन् त ? आ-आफ्नै आवाज मुक्तक बाट

__________ मुक्तक ________________
दाजु भाइ दिदी बहिनी,सुरक्षित भै बस्नु होला
एकापसमा प्रेम गर्दै,एकत्रित भै बस्नु होला
भुल्नु हुन्न आत्मविश्वास,धैर्यता र साहसलाई
संकष्ट यो पक्कै टर्छ,निश्शङ्कित भै बस्नु होला

-कोमल भट्ट
न्युयोर्क

__________ मुक्तक ________________
चिल्ली बिल्ली भयो यहाँ थर्कियो जताततै
ज्यानै लग्यो बासै लाग्यो चर्कियो जताततै
के पायो खै त्यो दैवले कोलाहाल हेरिरह्यो
सायद मेट्छ प्यास आसु दर्कियो जताततै

- प्रकाश अर्याल 'चुकुप्रकाश'
धादिङ
__________ मुक्तक ________________
घाइते मनको चीत्कार सुन्दैन सरकार
दानापानीको हाहाकार सुन्दैन सरकार
जनता छानो माग्दैछन्, पालको भएनि
तिनका माग भो बेकार सुन्दैन सरकार
-एलिसा पौडेल




__________ मुक्तक ________________
यो चर्किएको मन मुटु ढलान गरियोस
जस्तो थियो उस्तै घर दलान गरियोस
मानव लाई न्याय दिन सक्छौ भने दैब
अभियुक्त भुकम्प जेल चलान गरियोस

नवीन प्रधान
भोजपुर हाल भुमिगत

__________ मुक्तक ________________
खुल्ला आकाश छ बस्ने अब छानो छैन ।
आसु बगेको छ आखामा ओभानो छैन ।।
कति सजिलै गरिबको घरमा आयो भुकम्प।
घर भत्कियो हात रित्तियो अब खाने मानो छैन

दिलदिनेश ठकुल्ला 
"क्षितिज " अछाम

__________ मुक्तक ________________
पिडितलाई राहत बाड्न जान्दैन नालायक सरकार
घाइते सङ माया साट्न मान्दैन नालायक सरकार
कतै स्वाइन फ्लुको माहामारी छ , कतै भोकमारि
राहात बेच्नेलाइ गोलि किन हान्दैन नालायक सरकार!!

--------+++++----------------
गास बास कपास जुटाइदेउ नेता ज्यु
जात धर्म पाटी न खुटाइदेउ नेता ज्यु
निस्पक्ष राहत देउ पीडित जनतालाइ
आफ्नो बिरानो नछुटाइदेउ नेता ज्यु!!

देबेन्द्र ( दर्पण दङाली ) बुढाथोकि
दाङ घोराही
हाल- दोहा कतार

__________ मुक्तक ________________
गाउँ शहर बस्ती सबै सकाएर गयो
डुङ्गा माथी मन मुटु ठोकाएर गयो
कहाँ बाट आयो आकाशमात बिपत्ति
सबैलाई पिडाको बोझ बोकाएर गयो

--------------++++-----------------
अँखामा आँसु नत खाने गाँस छ नेपालीको
मुटु भरी पीडा नत बस्ने बाँस छ नेपालिको
साच्चै अचम्मको सृष्टि रचेछन् निर्दयी दैब
जताततै छरिएको लासै लास छ नेपालीको

बिकेन्द्र सहयात्री
ओखलढुंगा ,ठुलाछाप-१

__________ मुक्तक ________________
अचानक आई निर्दोष मान्छे, मारेर गयो ।
बाच्नेलाईनी घर न घाटको, पारेर गयो । ।
सम्पदा र धरोहर मासेर, पापी भूकम्प,,
नेपालिको नयन बाट आशु, झारेर गयो । ।

एक बहादुर पुलामी मगर
मैदी २ अमराई, धादि

__________ मुक्तक ________________
भिकम्पको धक्काले डराएर पो के भो
कठै बरा भनेर कराएर पो के भो
पिडित लाइ राहत अनि बास हुन्न भने
लाखौ को राहत अर्थ उठाएर पो के भो

मधु अधिकारी , पोखरा

__________ मुक्तक ________________

देशको सान हाम्रो धरहरा ढलेर गयो ,
आज आशुसंगै सारा खुशी बगेर गयो,,
निष्ठुरी रहेछ दैब पनि छिनमै आएर,
निर्दोष सहर निर्दोष माथि छलेर गयो

इन्द्र संगीत बुढाथोकी
बाझकाडा 4 सल्यान
हाल मलेसिया

__________ मुक्तक ________________
फुस्स मैलो धुआं आयो त्रिपाल भित्र पनि।
अनायासै भाइ करायो त्रिपाल भित्र पनि।
ए आयो आयो भन्दै सबै भागे चौर तिर।
आज सबैको मन डरायो त्रिपाल भित्र पनि।

हरिप्रसाद अर्याल "निरन्तर"
हाँडीखोला गाबिस वार्ड नंबर ६, मकवानपुर
हाल :रियाध साउदी अरब


__________ मुक्तक ________________

राहत पुगेन गाउँमा पीडितको गुनासो यहीँ छ
भोकभोकै बस्नुपर्ने कालको पासो यहीँ छ
न छ सबैलाई पाल न त खानेकुराको थाल
मानसिक पिडाले कतिमा रुञ्चे हासो यहीँ छ

नेपाली भावना
गजुरी ,धादिङ
हाल -इस्राइल
__________ मुक्तक ________________

साँच्चै त्यो कठोरता जनायो प्रकृतिले
भोक संगै शोक पनि खनायो प्रकृतिले
मेरो पनि ओत लाग्ने झुपडि थ्यो हिजो सम्म
निमेष भरमै खण्डहर बनायो प्रकृतिले !!

कृष्ण 'अविरल'
जलन फुजेल 1 गोरखा

__________ मुक्तक ________________
जिन्दगीको बाटो साँघुरो बनायो
देखेथें सपना सबै अधुरो बनायो
पुकारें भगवान रोकिएन भूकम्प
बाबा आमा लुट्यो टुहुरो बनायो

केशब शाहि
खरिगैरा दैलेख
हाल भारत

__________ मुक्तक ________________
दिन रात कालो भएको छ सहर भएर पनि ।
बाटोमा खान सुत्न बाध्य छौ घर भएर पनि ।
आफ्नै कर्म भनौ वा भाग्यको नियती नै अरु,
अकालमै यम भेटिदैछन बाच्ने रहर भएर पनि ।।

कृष्ण प्रताप महत
गुल्मी पिपलधारा

तपाई पनि आफ्ना तरंग जोड्न चाहनु हुन्छ भने तलको कमेन्ट बक्स मा आफ्नो  मुक्तक राखिदिनु होला !!
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger