Pages

Home » » नेपाली गजल : नेपाली हो भन्ने हजुर नाम पाइएन [ बिरेन्द्र डि सि ,दाङ ]

नेपाली गजल : नेपाली हो भन्ने हजुर नाम पाइएन [ बिरेन्द्र डि सि ,दाङ ]

गजल 
आफ्नो देशमा बसि हजुर काम पाइएन
बेरोजगारी भइयो हजुर माम पाइएन

गरिबीले  सताउदा छोडि आएँ स्वदेश
भने जस्तो यहाँ हजुर दाम पाइएन


दुख सुख जसो तसो गरौँ  भने पनि
नेपाली हो भन्ने हजुर नाम पाइएन

महिना त छोडौ यहाँ दिन काट्न गाह्रो
सान्त सङ्ग बस्ने हजुर साम पाइएन

बिरेन्द्र डि सि ,दाङ
हाल -दोहा कतार
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger