Pages

Home » » नेपाली गजल : भोकालाई अन्न नाङ्गा लाई रुवा बनुँ [ सुरेस कार्की ]

नेपाली गजल : भोकालाई अन्न नाङ्गा लाई रुवा बनुँ [ सुरेस कार्की ]


भोकालाई अन्न नाङ्गा लाई रुवा बनुँ!!
म चाहान्छु यस्तै प्यासिलाइ कुवा बनुँ!!

बिझाउन त वचन कांडा भन्दा बिझाउछ्न
मैले सके आफू सिमलको भुवा बनुँ !!

दुश्मनी बढाउने खुडा तरवार फालिदिन्छु
बढ्छ बिकास म हलो संगै जुवा बनुँ!!

मन्दिर हो नेपाल यहाको देवता हामी
यस्मा मग मगाउने धुप र धुवाँ बनुँ !!

प्रकृति गयो जहर पस्की नेपालिलाई
हामी कोहि अमृत त कोहि खुवा बनुँ !!

सुरेस कार्की
थाहा नगरबासी दामन मकवानपुर
हाल काठमाडौं नेपाल
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger