Pages

Home » » सुसन राई (रोदुङ्ग आम्बोटेली ) का ११ मुक्तक

सुसन राई (रोदुङ्ग आम्बोटेली ) का ११ मुक्तक


सुसन राई (रोदुङ्ग आम्बोटेली )

सुसन राई (रोदुङ्ग आम्बोटेली ) का उत्कृस्ट मुक्तकहरु निम्न प्रकार छन् :

मुक्तकहरु 

संस्कार भुली पप् गायौ गाना दोषी भयो 
बस्त्र फाल्यौ नाङ्गियौ चाहाना दोषी भयो
के सम्झि यी यस्ता हर्कत देखाउँदैछौ 
गल्ति  गर्यौ पन्छियौ जमाना दोषी भयो 

जन्मेर मान्छे फरक फरक पाटोमा जान्छ 
कोहि पाठशाला त कोही बाटोमा जान्छ 
केहि खास लाग्दैन, लोभ छैन आफ्नैपनी 
आखिर जिन्दगी भन्नु मरेर माटोमा जान्छ 

आँखा हेर्न बनाएर, आँशु बग्न बनाएको छ 
मलाई मेरै जिन्दगीले सेचमग्न बनाएको छ 
हेर्नु छ अझ समयले क-कस्लाई के के बनाउँछ 
आज तिम्रो चरित्र उतारि अर्धनग्न बनाएको छ 

कमाएर फर्के सपना सारा बन्नेछ 
ठाउँ ठाउँमा पाटी पौवा धारा बन्नेछ 
के भर जिन्दगीको यतै प्राण सकिएमा 
चिनु स्वरुप गाउँ बिच चौतारा बन्नेछ 

मृत शरिर प्रेम पत्र हातमा छुरा भेटियो 
खानतलासि गर्दा खानदान टुहुरा भेटियो 
बेरोजगारी अभाबले प्रेमिका टाडीइछिन 
आत्महत्याको सबुत प्रमाण पुरा भेटियो 

मेरो सोकमा कोहि रंगिन हुने हो की ?
स्वतन्त्रता माथी नै अधिन हुने हो की ?
त्रासमा छिन आमा आफ्नै सन्तान बाट ,
परदेशी छोरा यतै बिलिन हुने हो की ?

जब दिन गोधुली साँझमा ढल्दै जान्छ 
आउँछ याद सँगै मन मुटु जल्दै जान्छ 
मेरो कमजोरी या सबैलाई लाग्ने रोग 
लाग्दैन उ बिना पनि जिन्दगी चल्दै जान्छ

हुन्छ रित पुर्याई मगाई आफ्नो बनाउँछु 
सिउँदोमा सिन्दुर लगाई आफ्नो बनाउँछु
बा-आमाले नमाने नी हाम्रो घरजम रोक्नुहुन्न
हुन्न भने हेर्दै जाउ भगाई आफ्नो बनाउँछु 

रंगिन जिवन चाह्यौ मेरो अभाबमा बदलियौ 
एक्लो महशुस गर्यौ तनाबै तनाबमा बदलियौ
म सात समुन्द्र पारि तिम्रोपन संग रम्दैछु 
तिमी यथास्थानमा एक्लोपनको दबाबमा बदलियौ 

काँडा पन्छाएर बाटो बनाई लग्यो 
मान्दै नमान्नेलाई उस्ले मनाई लग्यो 
यदि प्रेम थियो भने मैले पनि दे'कै थिएँ 
के दिएर तिमीलाई आफ्नो बनाई लग्यो 

सहर छोडि कहिलेकाहिँ भिरपाखा हिड्दै गर्नु 
सहज हुन्न हाम्रो जिवन मेलापात चिन्दै गर्नु 
मलाई माया गर्छौ भने, यदि मेरै हुन्छ्यौ भने 
पहिरन फेर्नुपर्छ प्यारी फरियाँ चोली किन्दै गर्नु 


सामान्य परिचय


नाम- सुसन राई (रोदुङ्ग आम्बोटेली )
ठेगाना - ताम्लिछा ७ आम्बोटे, उदयपुर
हाल - दक्षिण कोरिया
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger